Logo
Logo

तीनै तहमा महिलाको ५० प्रतिशत उम्मेदवारी हुनुपर्ने माग


189
Shares

काठमाडौं । विभिन्न राजनीतिक दलमा आवद्ध महिला नेतृत्वहरुले सबै पदमा महिलाको ५० प्रतिशत उम्मेदवारी हुनुपर्ने माग राखेका छन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीलगायतका पार्टीमा आबद्ध महिला नेत्रीहरूले राज्यका तीनै तहका सबै पदमा महिलाको समानुपातिक (५० प्रतिशत) उम्मेदवारी हुनुपर्ने लगायतका माग गरी निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका हुन् ।

पूर्वसभामुख ओनसरी घर्ती, एमाले नेत्री विन्दा पाण्डे, एकीकृत समावजादीकी नेत्री रामकुमारी झाँक्री र नेपाल समाजवादी पार्टीकी नेत्री मानुषी यमी भट्टराईलगायतले आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेट गरी ज्ञापनपत्र बुझाएका हुन् ।

एकीकृत निर्वाचन कानूनको मस्यौदा बन्दै गरेको सन्दर्भमा संविधानको धारा ३८ (४) समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिताको मौलिक हकअनुरूप कानून बन्नुपर्ने, निर्वाचनमा पार्टीहरूद्वारा राज्यका तीनै तहका सबै पदहरूमा महिलाहरूको समानुपातिक (५० प्रतिशत) उम्मेदवारी हुनुपर्ने महिला नेत्रीहरूको माग छ ।

सङ्घ र प्रदेशअन्तर्गत पालिका प्रमुख र उपप्रमुख दुवै र वडाअध्यक्षमा उम्मेदवार हुन पाउनुपर्ने र महिलालाई समानुपातिक सूचीमा, उप–पदहरूमा मात्रै सीमित गराइएको यथार्थलाई परिवर्तन गराउन अत्यावश्यक रहेको नेत्री मानुषी यमी भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्