Logo
Logo

हिमालयन लाइफ इन्स्योरेन्सले गर्यो एक करोड रुपैयाँको मृत्यु दाबी भुक्तानी


1.3k
Shares

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमा मृत्यु दाबीबापत बिमांक एक करोड रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले मृतक बिमित देवबहादुर खत्रीकी पत्नी यमुना चालिसेलाई मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।

साबिक युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन वर्षअघि एक करोड रुपैयाँको जीबन बिमा गरेका खत्रीको मृत्युपश्चात् उक्त दाबी रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीको नयाँबानेश्वर शाखा प्रबन्धक विमल पौडेलले मृतकको पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण रेको जनाइएको छ ।

कम्पनीबाट प्रदान गरिएको चेक ग्रहण गर्दै बिमितको पत्नी यमुना चालिसेले समयमा नै कम्पनीले दाबी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बिमा कम्पनीप्रति आममानिसको विश्वास बढ्ने काम भएको बताइन् । कम्पनीले आवश्यक प्रक्रिया पूरा भई बिमितबाट प्राप्त भएका मृत्यु दाबी छिटो–छरितो रूपमा भुक्तानी गर्दै आएको जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000