Logo
Logo

दीपक मनाङ्गेद्वारा अनटाइटल फिल्म घोषणा


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ,, २ माघ । प्रदेश न ४ ‘ख’का प्रदेश सभामा निर्वाचित सांसद राजिव गुरुङ ‘दीपक मनाङ्गे’ पुनः फिल्म निर्माणमा आउने भएका छन् । यसअघि राजकुमार राईसँग मिलेर अप्रत्यक्ष रुपमा फिल्म ‘वान वे’ निर्माण गरेका गुरुङले अब बनाउने फिल्मको नाम भने जुराइएको छ्रैन । तर, उनले आफ्नो फिल्मको निर्देशन गर्ने जिम्ममा भने ‘तिमि सँग’ फ्रेम निर्देशक शिशिर राणालाई दिएका छन् ।
गुरुङलगायत अन्य निर्माता तथा निर्देशकबीच बुधबार सहमति भएको छ । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा रहने छन् भने कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली छन् । कलाकार तय भइनसकेको फिल्मले विवाहपछिको दम्पतिको प्रेमकथा भन्ने बताइएको छ । निर्देशक राणाले यसलाई ‘सोसल ड्रामा’ भनेका छन् ।
फिल्मको प्रि–प्रोडक्सन भित्र १ गीत रेकर्ड भइसकेको जनाइएको छ भने स्क्रिप्ट पनि लगभग अन्तिम चरणमा छ । ‘अब कलाकार चयनको काम चलिरहेको छ । विवाह पछाडिको प्रेम भएकाले फिल्ममा अलि पाको उमेरको कलाकार खोजिरहेका छौँ’ निर्देशक राणाले भने । चैत अन्तिमबाट छायाँकनमा जाने लक्ष्य लिएको फिल्मको बाँकी टिम प्रेसमिट गरेर सार्वजनिक गरिने राणाले बताए

प्रतिक्रिया दिनुहोस्