
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा निर्दोष नफस्ने र दोषी नछुट्ने गरी काम भइरहेको बताएका छन् ।
बुधबार नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने गरेको गुनासोलाई सम्बोधन गरिने बताएका हुन् ।
निर्दोष नफस्ने र दोषी नछुट्ने गरी केही ऐन र नियमावलीमा सुधार गर्ने पनि उनको भनाई थियो । प्रधानमन्त्रीले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न प्रतिबद्ध रहेको जिकिर गरे ।














