Logo
Logo

साँगामा सडकबाट बस खस्दा ८ जना घाइते


7.6k
Shares

काठमाडौं‌ । भक्तपुरको साँगामा बस खस्दा आठ जना घाइते भएका छन् ।

काठमाडौंबाट काभ्रे जाँदै गरेको बा ४ ख ९३९६ नम्बरको बस साँगामा खसेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ८ जना घाइते भएका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ।

मध्यपुर थिमी अस्पतालमा पाँच जना र डा. इवामुरा अस्पतालमा तीन जनाको उपचार भइरहेको हो । उक्त बसमा सवार अन्यको पनि प्रहरीले उद्धार गरिसकेको छ। उक्त बसमा अन्दाजी १५-२० जना सवार थिए ।

के कारणले दुर्घटना भएको हो भन्नेबारे अनुसन्धानपछि थाहा हुने डिएसपी पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्