Logo
Logo

हङकङबाट ल्याइएको ‘एक क्वीन्टल’ सुन बरामद, भन्सार पास गराएर सिनामंगल पुर्याइएको थियो


22.6k
Shares

काठमाडौं । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर सिनामंगल पुर्याइएको झण्डै सय किलो सुन बरामद गरेको छ ।

विभागले बुधबार विशेष सूचनाको आधारमा भन्सार पास गरेर लैजाँदै गरेको सुन सिनामंगलबाट बराम गरेको हो । विभागका अनुसार सुन लगभग सय किलो रहेको छ । दावी गरिएअनुसार आज बरामद गरिएको परिणाम अहिलेसम्मकै ठूलो हो ।

जानकारी अनुसार मंगलबारको क्याथे फ्यासिफिक जहाजबाट उक्त सुन काठमाडौं ल्याइएको थियो ।

भन्सारका कर्मचमारीसँगको मिलेमतोमा मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार जाँच पास गरिएको थियो ।

हङकङबाट ल्याइएको सुन भारततर्फ तस्करी गर्ने तयारी रहेको अनुमान गरिएको छ । विभाले हाल सन जोखिरहेको छ ।

सुनसँगै भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालक पक्राउ परेका छन् । सुन तस्करीको नाइके पत्ता लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्