Logo
Logo

सुन प्रकरण : भन्सार विभागद्वारा छानबिन समिति गठन


3k
Shares

काठामाडौं । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएको घटना छानबिन गर्न समिति गठन गरेको छ ।

विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।

उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क(कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने सूचना अधिकारी खड्काले बताए। समितिले विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि हेर्ने बताइएकाे छ ।

त्यस्तै विभागले तत्कालका लागि भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारीसमेत गरेको छ। अन्यको पनि संलग्नता खुले त्यसअनुसार कारबाही अघि बढाइने सूचना अधिकारी खड्काले जानकारी दिए।

राजश्व अनुसन्धान विभागले बुधबार विमास्थलको भन्सार जाँच पास भएर निस्केको झण्डै एक सय किलो सुन मंगलबार बरामद गरेको थियो। उक्त सुनको यकिन परिणाम भने खुलिसकेको छैन।

हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको स्कुटरको ब्रेक शुमा राखेर उक्त सुन ल्याइएको हो। विभागले अहिलेसम्म उक्त घटनामा संलग्न एक जना एजेन्टसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्