काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार जिल्ला अदालत काठमाडौंले शुक्रबार यो प्रकरणमा पक्राउ परेकाहरु मीनबहादुर गुरुङसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । यो प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।














