Logo
Logo

खाँणको बचाउ गर्दै विश्वकर्माले भने- अभियोग लाग्दा लुकाउँछौँ कि थानामा बुझाउँछौँ ?


3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख एवंम केन्द्रीय सदस्य मीन विश्वकर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाँणको बचाउ गरेका छन् ।

शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले दोषी हो वा होइन भनेर छुट्याउने नेपाली कांग्रेस सर्वोच्च अदालत हो भन्दै प्रश्न गरे ।

कांग्रेस परिवार भएको र परिवारको सदस्यमाथि कुनै अभियोग लाग्यो भने वकिल राख्नुहुन्छ कि थपक्कै स्वीकारेर जेल पठाउनुहुन्छ भन्दै उनले प्रश्न गरे ।

‘हाम्रो परिवारका कुनै सदस्य सार्वजनिक अभियोगमा मुछियो भने हामी लुकाउँछौँ कि थपक्क लगेर थानामा बुझाउँछौँ ? मलाई यत्ति जवाफ चाहियो । होइन भने, कांग्रेस एउटा घर हो, घरको एउटा सदस्यलाई आरोप लाग्यो अनि छिटो पक्रिनु भनेर डेलिगेसन जाने ?’, उनले भने ।

बैठकमा सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जालमा पार्टी पदाधीकारीले सभापति विरुद्ध दिएको अभिव्यक्तिमा उनले आपत्ति जनाए । ‘दोषी ठहर यही कार्यसमितिले गर्छ भने वकिल पनि राख्नुभएन वकिलले वहस पनि गर्नुभएन । अदालतले ठहर नगरुन्जेलसम्म दोषी हो कि निदोष पत्ता नलाग्दा नेपाली कांग्रेस त्यस्तो सर्वोच्च अदालतले हो त्यसले दोषी अहिले नै ठहर गर्ने ?’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्