काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै नेकपा एमालेको भातृ संगठन युवा संघले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको छ ।

तस्करी भएर आएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको उनीहरुको भनाइ छ । मसाल जुलुश प्रदर्शनमा सहभागीले सुन तस्करीमा संलग्नलाई पक्राउ गर्न माग गरेका थिए ।
यही गएको बुधबार विमास्थल भन्सारबाट जाँच पास भइसकेर बाहिरिएको झण्डै एक सय किलो सुन राजस्व विभागले बरामद गरेको थियो । उक्त सुन प्रकरणमा प्रहरीले सात जनालाई नियन्त्रण लिइसकेको छ भने उक्त सुन खोख्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पठाइएको छ ।














