Logo
Logo

पशुपति मन्दिर परिसरमा धराने बगैंचा


2k
Shares

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा धरानेहरुको बगैंचा निर्माण गरिएको छ । पशुपति विकास कोषले प्रदान गरेको पशुपतिनाथ परिसरमा निर्माण गरिएको बगैंचाको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले उद्घाटन गरेका छन् ।

बगैंचामा रोपिएका विरुवाहरु धरान–१४ का वडा कार्यालयले संकलन गरी वडाध्यक्ष कृष्ण भट्टराईले पठाएका थिए ।
रुद्राक्षरण्य धरान वाटिक नाम दिइएको सो बगैंचामा विभिन्न जातका बाँस रोपेर जैविक म्युजियम र बिच भागमा दन्तकाली, पिण्डेश्वर, बुढासुबवा, पन्चकन्या र वराहक्षेत्रको मन्दिरको रुप झल्कने टोपरीया शैलीमा जैविक मन्दिर बनाइने योजना रहेको बगैंचा निर्माणका परिकल्पनाकार तथा वातावरण पत्रकार आनन्द श्रेष्ठले जानकारी गराएका थिए ।

चार महिनाभित्र एउटा सुन्दर र भिन्न विशेषतको वगैंचा बनाउन धरानको एक कन्सल्टेन्सीले डिपिआर तयार गरेको थियो । बगैंचा उद्घाटनपश्चात मन्त्री किरातीले अबको धार्मिक स्थलहरुमा धर्म र प्रकृतिलाई जोडने प्रयास गर्नुपर्ने बताए ।

गौशाला चोकदेखि प्रहरी चौकी हुँदै पशुपतिनाथ मन्दिर जाने बाटैमा पर्ने सो बगैंचा एक बिगाह जमिनमा फैलिएको छ । ‘सफा पशुपति, सुन्दर पशुपति’ भन्ने नारासहित मन्त्री किरातीले तीन महिनाअघि पशुपतिनाथ मन्दिर परिसर सफाई अभियान थालेका थिए । सोही समयमा पशुपतिनाथ परिसरमा खाली जमिनमा बगैचा वनाउन विभिन्न सामाजिक संघसंस्थालाई प्रस्ताव आव्हान गरिएको थियो । सम्झौताअनुसार बगैंचा निर्माण गरिसकिएपछि विकास कोषलाई नै जिम्मा दिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्