
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीभित्र चरम गुटबन्दी रहेको बताएका छन् ।
आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीभित्र चरम गुटबन्दी रहेको र एक गुटका नेता अर्को गुटमा जाँदा दुस्मनको जस्तो व्यवहार गरिने बताएका हुन् ।
‘पार्टीभित्र चरम गुटबन्दी देखिएको छ । एक गुटको नेता कार्यकर्ता अर्को गुटमा जाँदा सम्मानजनक व्यवहार देखिँदैन,’ उनले भने, ‘अरू पार्टीका नेतासँग सुमधुर सम्बन्ध राख्ने तर आफ्ना पार्टीका नेताहरूसँग दुस्मनको जस्तो व्यवहार गरेको देखिन्छ । एक गुटले अर्को गुटको नेतालाई दुस्मनजस्तो व्यवहार गर्छन् ।’
गुटबन्दीको आफू पनि सिकार भएको भन्दै अन्तर्घात गर्नेलाई कडा अनुशासनको कारबाही गरिनुपर्ने उनको भनाइ छ ।














