Logo
Logo

एकैपटक २६ जना सहसचिवको सरुवा (सूचीसहित)


9.7k
Shares

काठमाडौं । सरकारले राजपत्रांकित प्रथम श्रेणीका २६ जना अधिकृतको एकैपटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार २६ जना सहसचिवको विभिन्न मन्त्रालय र विभागमा सरुवा गरेको हो ।

सरुवा हुनेमा निजामती किताबखानामा रहेका सहसचिव टोकराज पाण्डेयलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै, संघीय मामिलाका प्रदीपराज अधिकारीलाई सन्चार मन्त्रालयमा सरुवा गरेको छ । त्यस्तै, तीर्थराज भट्टराई बागमती प्रदेशमा सरुवा भएका छन् भने ज्ञानराज सुवेदीलाई राष्ट्रिय सतर्कता केन्द्रबाट भौतिक मन्त्रालयमा सरुवा भएका छन् । यमलाल भुसाल राष्ट्रिय योजनामा सरुवा गरेका छन् । त्यस्तै सुनिल पौडेल भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनीमा सरुवा भएका छन् ।

यसैगरी, नुरहरी खतिवडा आदिवासी जनजाति आयोगको सचिवमा सरुवा भएका छन् भने ध्रुवराज पण्डित भूमि व्यवस्था मन्त्रालयमा सरुवा भएका छन् । रामकुमार महतो जाजरकोटको सीडीओबाट संघीय मामिलामा सरुवा भएका छ भने आस्मान तामाङ अख्तियारमा गएका छन् ।

यस्तै, मन्त्रालयले अमृत श्रेष्ठलाई बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा गरेको छ भने रामकृष्ण पुडासैनी मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा भएका छन् ।

रमेशकुमार सिंहको सिक्टा सिँचाइबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा भएको छ भने मोहनराज चापागाईँ कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट संघीय मामिलाको अतिरिक्त समूहमा सरुवा भएका छन् । त्यस्तै इन्दु घिमिरे हुलाक सेवा विभागबाट महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएकी छन् भने रामकृष्ण लामिछाने पनि महिला बालबालिकामा सरुवा भएका छन् ।

ललितपुर महानगरका गणेश अर्याल गृहमन्त्रालयमा सरुवा हुँदा नवीनराज सिंह कोशी प्रदेशको सिँचाइ मन्त्रालयबाट ऊर्जामन्त्रालय सिंहदरबारमा सरुवा भएका छन् भने श्यामकृष्ण थापा पोखरा महानगरपालिकाको प्रशासकीय अधिकृतमा सरुवा भएका छन् भने वीरेन्द्र भारती पोखराबाट ललितपुर महानगरपालिकामा सरुवा भएका छन् ।

शंकर पण्डित सहरी विकास मन्त्रालय, निराजन घिमिरे लुम्बिनीको मुख्यमन्त्री कार्यालय र नारायणप्रसाद भट्टराई गृह मन्त्रालयमा सरुवा भएका छन् भने ऊर्जा आयोगका अरुणकुमार झा कोशी प्रदेशको खानेपानी तथा ऊर्जा मन्त्रालयमा सरुवा भएका छन् । भिष्मकुमार भुसाल बागमतीको सामाजिक विकास मन्त्रालयमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्