Logo
Logo

मलामी बोकेको ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु


1.8k
Shares

धनगढी । अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३३ जना घाइते भएकाे प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो पञ्चदेवल विनायक नगरपालिका–४ को कालिकास्थाननजिकै मलामी बोकेर घाटतिर जाँदै गरेको भे१त ६७५६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा २३ वर्षीय बिर्ख बिकको घटनास्थलमै मृत्यु भएको हाे ।

प्रहरीका अनुसार मृत्यु हुने विक पञ्चदेवल विनायक नगरपालिका–६ का स्थायी बासिन्दा हुन् । घाइतेहरुमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

७० वर्षीय जहरी कामीको शवसहित मलामी बोकेर गइरहेको बेला घुम्तिमोडमा मोड्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्