Logo
Logo

टिभिएसको एओजी राइड सम्पन्न


504
Shares

काठमाडौं । नेपालकै सर्वाधिक बिक्री हुने दुई पाङ्ग्रे सवारी साधन बिक्रेता टिभिएसको मातहतमा रहेको अपाचे अनर्स ग्रुप एओजीले आफ्नो नयाँ राइड सम्पन्न गरेको छ ।

४० राइडरहरूको सहभागिता रहेको उक्त राइडमा एओजी टिमले महेन्द्रनगर हुँदै बेटकोट नगरपालिका वडा नं ७ मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र भएर खर्क रिसोर्टसम्मको यात्रा गरेको थियो ।

युवाहरूको बाइकिङप्रतिको प्रेमलाई एकै छानोमुनि ल्याउनका साथै राइडरहरूबीचको भाइचारा बढाउन एओजी विगत एक वर्षदेखि लागिपरेको छ। राइडसँगै सामाजिक कार्यहरूमा पनि सहयोग पु¥याउँदै आएको एओजीले यसपटक भने बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र आश्रय लिएका १९ जना आमाबुवासँग भेटघाट गरी खाद्यान्न तथा टिसर्ट वितरण पनि गरेको हो।

पछिल्लो चार महिनामा एओजीले यस्ता ५४ वटा राइडहरू सम्पन्न गरिसकेको छ। जसले गर्दा एओजीमा आबद्ध हुन थप राइडरहरू आकर्षित भइरहेका छन्।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुईपांग्रे सवारीसाधनको एक मात्र आधिकारिक वितरक हो। देशभर १४० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्