
काठमाडौ । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ ओरालो लागेको छ । सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो।
योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको भाउ १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाी महासंघले जनाएको छ ।
आइतबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ९ सय रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। आइतबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो।











