Logo
Logo

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घट्यो


693
Shares

काठमाडौ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।

अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख १३ हजार रुपैयाँ रहेको छापावाल सुन आज १ लाख १२ हजार ४ सय रुपैयाँमा झरेको छ । भने १ लाख १२ हजार ४ सय ५० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज १ लाख ११ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, यसअघि प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ४ सय ६० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्