काठमाडौं । हिमालय एअरलाइन्सले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियानलाई अगाडि बढाउँदै लवप्रसाद बालगृहलाई आर्थिक सहयोग प्रदान गरेको छ । अनाथ तथा विपत्र बालबालिकाका लागि सुधार संघद्वारा संचालित गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्थाका लवप्रसाद बालगृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि उक्त सहयोग गरेको कम्पनीले जनाएको छ ।

३ अगस्टमा बालगृह परिसरमा आयोजित एक कार्यक्रमबीच एअरलाइन्सका अध्यक्ष झो इन्योङ्गले बालगृहका अध्यक्ष उषा कार्कीलाई रु ३ लाख ९६ हजारको चेक हस्तान्तरण गरेका थिए । यसबाहेक बालगृहमा आश्रित बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुँडो, स्किपिङ रोप, हुला हूप जस्ता विभित्र खेलकुदका सामाग्रीहरू पनि सहयोग गरेका छन् ।
सुन्दरीजलमा अवस्थित यस संस्थाले हाल १३ जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ । उक्त सहयोग रकम बालबालिकाका लागि घरेलु वातावरण कायम राख्नुका साथै थप स्वस्थ अनुकुल र व्यवस्थित बनाउन बालगृह भवनको भान्सा र भोजन कक्षको मर्मतसम्भार गर्न प्रयोग गरिने भएको छ ।
‘नेपालमै आधार र नेपालमै सेवा’ नाराका साथ हिमालय एअरलाइन्सले लामो समयदेखि सामाजिक सेवामा प्रतिबद्धता जनाउँदै आएको हो । एअरलाइन्सले स्थापनाकालदेखि नै समाजका लागि योगदान गर्दै आएको छ ।
यसैक्रममा यसपटक लवप्रसाद बालगृहलाई गरिएको सहयोगले त्यहाँको बालबालिकाका लागि राम्रो जीवन र बसाईको व्यवस्था गर्न चाहेको र उनीहरू भविष्यमा राष्ट्रको कर्णधार बन्ने आफ्नो अपेक्षा रहेको एअरलाइन्सका अध्यक्ष इन्योङ्गले बताए ।
यस्तै, बालगृहका अध्यक्ष उषा कार्कीले सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै खेलकुदमा बालबालिकाको रुचि बढाउन खेलकुदका सामाग्रीहरु सहयोग गरेको एअरलाइन्सको कदमको स्वागत गरिन् ।
‘हाम्रो संस्थालाई गर्नुभएको हेरविचार र योगदानको लागि हामी हिमालय एअरलाइन्सप्रति अत्यन्तै आभारी छौँ’ उनले भनिन्, ‘उहाँहरूको उदार सहयोगलाई हाम्रो रेखदेखमा रहेको बालबालिकाको जीवनमा उल्लेखनीय सुधार ल्याउनेछ ।’











