Logo
Logo

एमालेको आरोप- सत्तापक्ष संसदमा द्वन्द्व गर्न चाहन्छ


693
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिन सत्ता पक्षले संसदमा दादागिरी देखाएको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसहरुले उठेर बिरोध गरेको भन्दै त्यसलाई सत्ता पक्षको दादागिरी भएको बताएका हुन् ।

सत्तापक्षको दादागिरी देख्दा सरकार संसद चलाउन नचाहने स्पष्ट भएको दाबी गर्दै सचेतक बर्तौलाले प्रतिपक्षले बोल्दै गर्दा सत्तापक्षका सांसदहरुले संसदीय मर्यादाबाहिर गएर विरोध गरेको बताए ।

‘सरकार यसमा जिम्मेवार बन्न सकेन । सम्माननीय सभामुखज्युले प्रतिपक्षको तर्फबाट हाम्रा मान्य सूर्यबहादुर थापालाई आफ्ना भनाइ राख्न दिँदा प्रतिपक्षले सभामुखले समय दिएर बोल्दासमेत सत्ता पक्षका मान्यहरुले उठेर अवरोध गर्नुभयो। सत्तापक्षको यस किसिमको दादागिरी देखापरेको छ’ उनले भने, ‘यसैबाट थाहा हुन्छ सरकार सदन चलाउन चाहँदैन । सत्तापक्ष संसदमा द्वन्द्व गर्न चाहन्छ ।’ उनले संसदलाई द्वन्द्वतर्फ लैजान सरकार तयारीका साथ अघि बढिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्