Logo
Logo

इन्डियामा भिलेन बन्दै अक्षय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ माघ । बलिउड अभिनेता अक्षय कुमार फेरि भिलेनको रुपमा देखिने भएका छन् । हालैमात्र शंकरको फिल्म ‘२.०’मा उनी रजनीकान्तको अपोजिट भिलेनको भूमिकामा देखिएका थिए ।
भारतीय मिडियाले जनाएअनुसार अक्षय एकपटक फेरि नेगेटिभ क्यारेक्टरमा देखिँदैछन् । उनी फिल्म ‘इन्डिया–२’मा भिलेनका रुपमा देखिन भएका हुन् ।
यो मेगा बजेटको फिल्म सन् १९९४ मा रिलिज भएको ‘इन्डिया’को रिमेक हो । जसमा कमल हसन मुख्य भूमिकामा देखिएका थिए । यही गएको मंगलबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गरिएको छ । समाचारमा जनाइएअनुसार सुरुमा शंकरले उक्त रोलका लागि अजय देवगनलाई सम्पर्क गरेका थिए । फिल्ममा उक्त रोल एक पुलिस अफिसरको हुनेछ । तर, केही कारणले अजयले उक्त फिल्ममा काम गर्न नसक्ने बताएपछि अक्षयलाई लिइएको हो ।
स्रोतका अनुसार फिल्म ‘२.०’ सकिएपछि अक्षय र शंकरबीच नजिक बने । उक्त दौरानमा उनीहरुबीच दोहोरो कुराकानी चल्न थाल्यो । गएको वर्षको २९ नोभेम्वरमा फिल्म ‘२.०’ रिलिज भएको थियो । यो फिल्म भारतीय इतिहासमा सबैभन्दा महँगो फिल्म थियो । र, फिल्म बक्स अफिसमा सुपरहिट साबित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्