Logo
Logo

‘गलबन्दी गायक’ सपुत ‘भ्रमण वर्ष’को सद्भावना दूत


- दृष्टि न्युज/संवाददाता


कास्की, १८ पुस । चर्चित लोकगायक प्रकाश सपूत गण्डकी प्रदेशले ‘नेपाल भ्रमण वर्ष–२०२०’को सद्भावना दूत नियुक्त गरेको छ । नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि उनलाई सद्भावना दूतका रूपमा नियुक्त गरिएको गण्डकी प्रदेश सरकारले जनाइको छ ।
पछिल्लो समय ‘गलबन्दी’ बोलको गीतबाट चर्चामा आएका सपुत अहिले सांगीतिक यात्राको क्रममा जापानमा छन् । गायक सपुत यहाँ नभएपछि प्रमाणपत्र उनका बाबु बलबहादुर विकले लिएका छन् । भ्रमण वर्षको शुभारम्को दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सद्भावना दूतको प्रमाणपत्र प्रदान गरेका थिए ।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सपूतले थुप्रै नेपाली लोकगीतहरुमा स्वर दिएका छन् । उनले गीतमार्फत गाउँपाखाको ठेट भाका उठान गर्दै आएका छन् । उनका ‘बोलमाया’, ‘गलबन्दी’लगायतका गीत चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्