काठमाडौं । महिला श्रृर्जनशील केन्द्रको आयोजनामा भदौ १५ गतेदेखि काठमाडौंमा सिर्जनशील उद्यमी मेला आयोजना हुने भएको छ । केन्द्रले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाद्र १५ देखि १७ गतेसम्म काठमाडौंमो २०औं डावर बाटिका तीज फेस्टिवल आयोजना गर्न लागेको जनाएको हो ।

उक्त तीनदिने मेला काठमाडौंको होटल मल्लमा आयोजना हुने छ । साथै महिला उद्यमी मञ्च र चितवन उद्योग संघको सहकार्यमा चितवनमा पनि भाद्र २२ देखि २४ गतेसम्म २०औं तीज फेस्टिबल–तीज विशेष उद्यमी मेला आयोजना हुने महिला श्रृर्जनशील केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिए ।
मेलामा १० वटाभन्दा बढी स्टल असहाय, अशक्त, अपाङ्ग र ग्रामिण क्षेत्रका पिछडिएका महिलालाई निःशुल्क प्रदान गरिएको उनले बताए ।
आयोजकका अनुसार मेलामा विशेषतः घरेलु तथा हस्तकलाका सामाग्रीहरुको प्रर्दशनी, तीज विशेष खानाका परिकारहरु, महिला उद्यमशीलता र वित्तीय पहुँचसम्बन्धी अन्तक्रिया लगाएतका कार्यक्रम राखिएको छ । ८० भन्दा बढी स्टल रहने मेलाको दश हजार बढिले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।











