Logo
Logo

प्रहरीमा जताततै कीर्ते


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २२ पुस । कानुन कार्यान्वायन गर्ने प्रहरी अधिकारीहरु नै कीर्ते काण्डमा मुछिन थालेका छन् । संगित बिद्यालया एसपी राजेन्द्र गुरुङ कीर्ते काण्डमा राजिनामा दिएका छन् । आईए उत्तिर्ण गरेको भन्दै प्रहरीमा भर्ना भएकोमा अन्ततः उनले एसएलसी मात्र उत्तिर्ण गरेको खुलेको छ । छानबिन सुरु भएपछि उनले राजिनामा दिएका हुन् । जबकी एसएसपी गुरुङकै बढुवाका लागि भनेर एसएसपीको दरबन्दी सिर्जना गरिएको थियो । तर, राजिनामा दिएर उनले उन्मुक्ति पाउँछन् कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्छ हेर्न बाँकी छ ।

त्यस्तै डिएसपी रमेशबहादुर सिंह र शिवबहादुर सिंहमाथि पनि कीर्तेमा छानबिन भइरहेको छ । रमेशबहादुरले नागरिकतामा जन्ममिति कीर्ते गरेको तथा शिवबहादुरले इन्सपेक्टरमा आवेदन दिंदा स्नातक नै पास नगरेको खुलेको हो । दुवै घटनाको आयोगले अनुसन्धान गरिरहेको छ । बौद्ध वृत्तका डिएसपी सिंहलाई आयोगले बयानका लागि बोलाइसकेको छ । उनी यसअघि अख्तियारको हिरासतमा पुगीसकेका प्रहरी अधिकृत हुन् ।

त्यस्तै एआईजी बढुवामै कीर्ते कागजपत्र पेश गरेको भन्दै विवाद भएको छ । अस्पतालको एआईजी बढुवामा आशा सिंहलाई बढुवा गर्दा नक्कली कागजपत्र पेश गरेर मूल्याङकन गरेको खुलेपछि विवाद भएको छ ।

सिंह डिआइजी मिनराज पाठकभन्दा जुनियर हुन् । तर, पनि सोर्सफोर्सका आधारमा उनको बढुवा सिफारिस भएको थियो । जुनियरलाई सिफारिस भएपछि त्यसविरुद्ध उजुरी समेत परेको छ । अवकाशको मुखमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल विवादमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्