Logo
Logo

प्रहरी अधिकारी नै महिला हिंसामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस । संघीय प्रहरी इकाई धरानका एसएसपी शौरभ राणामाथि गम्भीर किमिसको उजुरी गृह मन्त्रालयमा प¥यो । एक महिला प्रहरी जवानलाई यौन शोषण गरेको भन्दै उजुरी परेको दुई महिना अगाडि हो । गृहले प्रारम्भिक छानबिन गरेर थप छानबिनका लागि प्रहरी मुख्यालय पठाएको डेढ महिना भएको छ । तर, अझैपनि मुख्यालयले छानबिनमा चासो दिएको छैन । एसएसपी राणाबाट पीडित एक महिलाले नै त्यस्तो उजुरी दिएकी थिइन् ।

यसरी महिला हिंसामा प्रहरी अधिकारी नै संलग्न भएको यो पहिलो घटना होइन । यसअघि एक एसएसपीले १७ लाख दिएर घटना मिलाएका थिए ।

अन्य एक दर्जन प्रहरी अधिकृतमाथि पनि महिला हिंसाको उजुरी परेको छ । त्यसमध्ये एक महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत डिएसपी रामकृष्ण सापकोटा एक हुन् । श्रीमतीमाथि घरेलु हिंसा गरेको भन्दै उनीविरुद्ध मुख्यालयले छानबिन गरिरहेको छ । लामो समयदेखि उनको श्रीमतीसँग झगडा हुँदै आएको छ । एउटै घरमा बसेपनि उनीहरु फरक फरक फ्लाटमा बस्दै आएका छन् ।

महिला हिंसाका घटनाविरुद्ध प्रहरीले बिशेष अभियान चलाइरहेको छ । तर, संगठनभित्रै हुने हिंसा भने रोकिएको छैन । कतिपय उच्च अधिकारीहरु नै यस्तो गतिविधिमा संलग्न रहेको चर्चा प्रहरी मुख्यालयमा छ ।

प्रतिक्रिया दिनुहोस्