Logo
Logo

उपमेयर ताराको यस्तो बन्यो ‘सहारा’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । मोरङ, बेलबारी नगरपालिकाका उपप्रमुख तारा पराजुलीको प्रेमपरक गीति एल्बम ‘सहारा सार्वजनिक भएको छ । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द पराजुलीकै तथा संगीत भीम बिसीको छ । बिसी र सरु गौतमले गीतमा स्वर दिएका छन् ।
भिडियोमा दीपक एम सिंहको निर्देशन र पुष्कर सुनुवारको सङ्गीत संयोजन छ । छायाँकन दीपक गिरी र सम्पादन अमृत चापागाईँले गरेका छन् । भिडियोमा दिनेश कठायत र रजिना बिष्टको अभिनय छ । यसअघि गीतकार पराजुलीकोे ‘अर्को राजमार्ग’ कविताकृति प्रकाशन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्