Logo
Logo

दुई स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु


4.8k
Shares

काठमाडौं । पर्वतको सदरमुकाम कुश्मा बजारमा स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ ।

सोमबार अपराह्न कुश्मा नगरपालिका–५ कुमाल टोलस्थित भित्री पक्की सडक खण्डमा दुई स्कुटर ठोक्किँदा एक स्कुटरको पछाडी बसेकी कुश्मा नगरपालिका–४ पुरानो बजारकी १९ वर्षीया आशिका बोहराको मृत्यु भएको हो ।

सडक छेउको नालीमा बजारिएर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि तत्कालै पर्वत अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । बोहराको शव पोस्टमार्टमको लागि अस्पतालमा नै राखिएको छ । प्रहरीले दुवै स्कुटर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्