
काठमाडौं । एक २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक युवक पक्राउ परेका छन् ।
जिल्लाको खिजिदेम्बा गाउँपालिका–३ पुठा बस्ने २३ वर्षीय फुरी शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
शेर्पाले ती महिलालाई असोज १९ गते साँझ पीडितकै घरमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














