Logo
Logo

जसपाको उदयपुर जिल्ला समिति पुनर्गठन, अध्यक्षमा मगर


1.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उदयपुर जिल्ला समिति पुनर्गठन गरिएको छ । गाईघाटस्थित टाउन हलमा आयोजित कार्यक्रमबाट केशबबहादुर मगरको अध्यक्षतामा ४५ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा छत्रबहादुर राई, मानबहादुर राई, सचिव ओसन घिमीरे, उपसचिवमा विश्वराज राई र सुरेन्द्र राई रहेका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु खेमनारायण यादव, उर्मिला राई, सिद्धान्त राई, कोसी प्रदेशका मुख्य सचिव घनश्याम कटुवाल, प्रदेश सचिव हस्तशोभा राई, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, मुख्य सचिव प्रशन्न राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

किरात राष्ट्रिय समिति अन्तर्गत पर्ने पाँच जिल्ला संखुवासभा, भोजपुर, खोटाङ्ग, उदयपुर र ओखलढुंगामध्ये चार जिल्ला समिति पुनर्गठन गरिसकिएको किरात राष्ट्रिय समितिका मुख्य सचिव प्रशन्न राईले जानकारी दिएका छन् । ओखलढुंगा जिल्ला समिति पनि यथासिघ्र पुनर्गठन गरिने मुख्य सचिव राईले बताए ।

प्रतिक्रिया दिनुहोस्