Logo
Logo

भारत सरकारको सहयोगमा निर्मित दुईवटा परियोजनाको उद्घाटन


378
Shares

काठमाडौं । भारत सरकारको सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको उद्घाटन गरिएको छ ।

जिल्लाको सर्केगाड गाउँपालिकास्थित सरस्वती माविका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित महादेव माविका लागि ल्याब र पुस्तकालय भवनको नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको ५.५२३ करोड अनुदान सहयोगमा उक्त दुई परियोजना निर्माण गरिएको भारतीय दूतावासले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्