Logo
Logo

डोजरको ठक्करबाट ९२ वर्षका वृद्धको मृत्यु


882
Shares

काठमाडौं । गुल्मीको रेसुंगामा डोजरको ठक्करबाट ९२ वर्षका एक वृद्धको मृत्यु भएको छ।

बुधबार रेसुंगा नगरपालिका- १४ का ९२ वर्षीय कृष्णबहादुर सुनारको लु१क ५०२४ नम्बरको डोजरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

सडकमा पैदल हिँडिरहेको बेला सुनारलाई डोजरले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको हो। पाल्पाको माथागढी गाउँपालिका(७ रतवास घर भएका डोजर चालक कृष्णबहादुर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्