Logo
Logo

बीआरआई आर्थिक सहयोगको साझा परिकल्पना : झलनाथ खनाल


252
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा झलनाथ खनालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)ले विश्वभरका आर्थिक सहयोगको साझा भविष्यको परिकल्पना गरेको बताएका छन् । 

चीनले आयोजना गरेको अन्तर्राष्ट्रिय सहकार्यको लागि तेस्रो बेल्ट एन्ड रोड फोरम (बीआरएफ)मा सम्बोधन गर्दै उनले सो कुरा बताए हुन् । उनले भने, ‘चीनले अगाडि सारेको बीआरआईले विश्वभर रहेका मानिसहरूको मानवता र समावेशी आर्थिक सहयोगको साझा भविष्यको परिकल्पना गरेको छ ।’ 

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले चिनीयाँ राष्ट्रपति सि चिनपिङले १० वर्षअघि घोषणा गरेको बीआरआई विश्वका देशहरू र जनता जनताबिचको आपसी सहयोग र सहकार्यको नयाँ अवधारणा भएको बताए । 

बीआरआईले विश्वभरका जनताहरूलाई एकआपसमा व्यापार गर्न,  मूल्यमान्यताहरूबाट सिक्न र आपसी सम्बन्ध र सहयोगलाई प्रवर्द्धन गर्न अभुतपूर्व अवसर प्रदान गरेको बताए । 

बीआरआईले  नेपाल र चीनलाई झनै प्रगाढ बनाएको पनि बताए । नेपाल र चीनको औपचारिक सम्बन्ध करिब १६०० वर्ष पुरानो भएपनि बीआरआईले नयाँ उचाइमा पुर्‍याएको बताए । 

बीआरआईले विश्वव्यापी नयाँ शान्तिपूर्ण सम्बन्धका साथै विश्वमा रहेका विभिन्न सभ्यताहरूको सहअस्तित्व, सहकार्य र रूपान्तरणको सुरुवात गरेको समेत बताए । 

नेता खनालले पश्चिमा साम्राज्यवादी र आधिपत्यवादी शक्तिहरू आज पनि बीआरआईको विकास र विस्तारको विरोध गर्न चाहेको बताए ।

जनता जनताबिचको आपसी सहकार्य थेमाटिक फोरमलाई सम्बोधन गर्दै विश्वको कुनै पनि शक्तिले बीआरआईको निरन्तर विकास र विश्वव्यापी विस्तारलाई रोक्न नसक्ने दाबी गरे । 

प्रतिक्रिया दिनुहोस्