काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन् । सापकोटा अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाका जानकार मानिन्छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई सल्लाहकार नियुक्त गरेको हो ।

ल उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन् । यसअघि सापकोटाले नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । सापकोटाले सन् २०१८ मा चीनको रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी गरेका थिए । सापकोटा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाका छोरा हुन् ।














