Logo
Logo

प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता


945
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शिष्टाचार भेट भएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग गुटरेसले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेका हुन् ।  यसअघि आइतबार नै महासचिव गुटरेसले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन् । 

आइतबार राति नेपाल आएका गुटरेसको आइतबार धेरै भेटघाटका कार्यक्रम रहेको छ । उनले राष्ट्रपति रामचन्द्र पौडेल,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्