काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताएका छन् ।

आज (आइतबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारस्थित प्रधानममन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटपछि पत्रकार सम्मेलन गर्दै महासचिव गुटेरेसले सो कुरा बताएका हुन् । उनले सङ्क्रमणकालीन न्याय प्रक्रियामा
अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनुपर्ने उनले बताए ।
उनले सङ्क्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्न तयार रहेको बताए । नेपाल विकासोन्मुख देशमा बढुवा हुन लाग्नुका साथै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय अन्तिम चरणमा पुगेको गुटेरेसले बताए ।
उनले भने, ‘संक्रमणकालीन न्यायले पीडित, उनीहरूको परिवार र समुदायमा शान्ति ल्याउनुपर्छ ।’














