काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।
गत वर्ष कम्पनीले १६.५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। गत वर्षको अनुपातमा कम्पनीले लाभांश दर बढाएको छ ।












