Logo
Logo

चीनले चाँडै कोरोना भाइरस नियन्त्रण गर्छ भन्नेमा विश्वस्त छु : राष्ट्रपति ट्रम्प


- दृष्टि न्युज/संवाददाता


वासिंगटन, २४ माघ (एजेन्सी) । चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता हुनेमा आफू विस्वस्त रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस नियन्त्रणका लागि चीनले अपनाएका उपायबाट छिट्टै भाइरस संक्रमण नियन्त्रणमा सफलता मिल्ने बताएका हुन् ।चीनमा देखिएको कोरोना भाइरस महामारीले विश्वलाई चिन्तित तुल्याएको भन्दै यसको सामना गर्ने चीनको क्षमताप्रति अमेरिकी राष्ट्रपति ट्रम्प ‘विश्वास’ व्यक्त गरेको ह्वाइट हाउसले शुक्रबार विज्ञप्तिमार्फत जानकारी गराएको छ । ‘फोनवार्तामा दुई नेताबीच आपसीरूपमा सूचनाको बढीभन्दा बढी आदानप्रदान र आवश्यकता अनुसार अन्य बिषयमा पनि समन्वय जारी राख्न सहमत हुनुभएको थियो’ विज्ञप्तिमा भनिएको छ ।
चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमहरूमा दुई नेताबीच टेलिफोन वार्ता भएको सार्वजनिक भएपछि ह्वाइट हाउसले पनि यसबारे जानकारी गराएको हो । उक्त अवसरमा उनीहरूले संयुक्त राज्य अमेरिका र चीनबीच हालै सम्पन्न पहिलो चरणको व्यापार सम्झौताबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्