Logo
Logo

सल्यानमा एनएलजी इन्स्योरेन्स कम्पनीको कृषि पशुपंक्षी बीमा सचेतना कार्यक्रम


567
Shares

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानमा कृषि पशुपंक्षी बीमा सचेतना कार्यक्रम गरेको छ । कम्पनीले आइतबार कपुरकोट गाउँपालिकाको सभाहलमा कृषि तथा पशुपन्छी बीमासम्बन्धी छलफल कार्यक्रम गरेको हो ।

कम्पनीका बिजनेश कोअर्रिडिन्टर सुनील श्रेष्ठले छलफल कार्यक्रम आयोजना गर्नुको उद्देश्य, कृषि बीमाका प्रावधान र महत्वका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरतकुमार ओलीले कपुरकोट गांउँपालिकाका किसानलाई कृषि बीमाबाट लाभ लिन अनुरोध गर्दै पालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

कपुरकोट गांउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले स्थानीय सरोकारवालाहरुसहितको कृषि बीमा सम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेकोमा आयोजक कम्पनीलाई धन्यबाद दिदैं कृषकलाई सरकारबाट बीमा शुल्कमा ८० प्रतिशतसम्मको अनुदानसमेत रहेको र थोरै रकमले लाखौको सम्पतीको आर्थिक सुरक्षा प्रदान गर्ने हुँदा सबैले बीमा गरेर भविष्यमा आईपर्न सक्ने आर्थिक भारबाट मुक्त रहन अभिप्रेरीत गरेका थिए ।

यस्तै, कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले कार्यक्रममा उपस्थित भएकाहरुलाई धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञासाको जवाफ दिएका थिए । उक्त छलफल कार्यक्रमको सञ्चालन तथा स्वागत कम्पनीका सल्यान शाखाका प्रमुख अनुराग बोहराले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्