Logo
Logo

एउटा योद्धाको कथा : ‘शिखरको ढुंगा’माथि बहस


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २६ माघ । नेपाली साहित्य घर कोटेश्वरमा सरल सहयात्रीको उपन्यास ‘शिखरको ढुंगा’माथि बहस भएको छ । साहित्य घरले सञ्चालन गर्न लागेको मासिक कार्यक्रम ‘डबली’को पहिलो शृंखलामा शिखरको ढुंगा उपन्यासमाथि बहस भएको हो । बहसकर्ता समीक्षक कैलाश राई थिइन् ।
त्यस्तै लेखक सरल सहयात्री पनि कार्यक्रममा सहभागी थिए । कवि तथा पत्रकार कला अनुरागीले सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै समीक्षक कैलाश राईले शिखरको ढुंगा उपन्यासले जनयुद्ध र हिमाल आरोहणको कथालाई संयुक्त रुपमा प्रस्तुत गरेको बताइन् ।
उनले शिखर प्राप्तका लागि हिँडेको योद्धाले ढुंगा लिएर फर्केको विषयले लडाईंबाट प्राप्त उपलब्धिलाई संकेत गरेको बताइन् । उनले जनयुद्धले अधिकार प्राप्तिको लडाईं भएको उल्लेख गर्दै गणतन्त्र धर्म निरपेक्षताजस्ता उपलब्धि त्यसैको जगमा भएको समेत बताइन् । क्यान्टोनमेन्टबाट आरम्भ भएको उपन्यासले जनयुद्धलाई पृष्ठभूमिमा छाडेको हुँदा यसलाई हिमाल आरोहणको उपन्यासभन्दा अन्याय नहुने उनको भनाइ छ ।
समीक्षक राईले उपन्यास बिम्बात्मक रहेको र शिखरबा६ ल्याएको ढुंगालाई जनयुद्धबाट प्राप्त उपलब्धीका रुपमा लिनुपर्ने बताइन् । उनले हिमाल अरोहण र जनयुद्ध दुबै वषयलाई मिलाबउन लेखकले प्रयत्न गरेको भए पनि जनयुद्धको विषय ओझेल परेको बताइन् ।
लेखक सरह सहयात्रीले आफूले उपन्यासमा सचेततापूर्ण रुपममै जनयुद्धको विषयलाई कम ल्याएको बताए । जनयुद्धमा सहभागी भएको र क्यान्टोनमेन्टसमेत रहेको योद्धा भएका कारण आफूबाट पाठकहरुले जनयुद्धको विषय नै अपेक्षा गरेको उनको भनाइ थियो । उनले हिमाल आरोहणको कथा समेटिएका कारण आफूले त्यसै अनुकूलको पात्र प्रयोग गरेको र महिला पात्रलाई पनि अन्याय नगरेको दावी गरे ।
नेपाली साहित्य घरका अध्यक्ष विष्णु भण्डारीले लेखक–स्रष्टाहरुलाई मञ्च उपलब्ध गराउनका लागि आफूहरुले यस्तो कार्यक्रम सञ्चालन गरेको बताए । उनले लेखक, समीक्षक र पाठकलाई जोड्न र कृतिमाथि गम्भीर बहस गर्न यस खालका कार्यक्रम निजयमित रुपमा सञ्चालन गर्ने तयारीमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्