
काठमाडौं । नेकपा एमालेका ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको छ । प्रदेश अध्यक्षको उम्मेदवार बनेकाले केन्द्रीय सदस्यहरु गुलाबजगं शाह, कैलाश ढुंगेल, हरि रिजाल, मायानाथ अधिकारी, कृष्णप्रसाद दाहाल र विनोद ढकालको पद रिक्त भएको हो ।
पार्टी विधानको व्यवस्था अनुसार, प्रदेश अधिवेशनमा उम्मेदवार बनेका केन्द्रीय सदस्यहरुको पद रिक्त भएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
शाह कर्णाली र ढुंगेल बागमती प्रदेशको अध्यक्ष निर्वाचित भएका छन् । तर रिजाल, अधिकारी, दाहाल र ढकाल प्रदेश अध्यक्षमा पराजित भएका थिए ।














