Logo
Logo

चिकित्सक कुटपिट प्रकरण : पाटन अस्पतालमा आज पनि सेवा बन्द


504
Shares

काठमाडौं । पाटन अस्पतालका आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीले आज (बिहीबार) पनि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन्। गत शनिबार स्वाथ्यकर्मीको लापर्वाहीका कारण विरामीको मृत्यु भएको भन्दै विरामीका आफन्तले चिकित्सकमाथि कुटपिट गरेपछि सुरक्षाको माग गर्दै आन्दोलनरत कर्मचारीले आज पनि अस्पतालको सेवा ठप्प पारेको हो ।

सरकारी संयन्त्रबाट आफूहरूको माग सम्बोधनका कुनै पहल नभएको भन्दै आज पनि सेवा ठप्प हुने अस्पतालका मेडिसिन विभाग प्रमुख डाक्टर युवराज शर्माले बताए।

गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई जना निमोनियाका बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो। त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेपछि मंगलबारदेखि उनीहरूले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्दै आएका छन्।

मंगलबारदेखि ओपीडी सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन्। कुटपिटमा संलग्नलाई कारबाही नभएसम्म सेवामा नफर्किने अस्पतालका मेडिसिन विभाग प्रमुख डाक्टर शर्माले बताए।

प्रतिक्रिया दिनुहोस्