Logo
Logo

पूर्वसहसचिव मोष्टवान्टेड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ माघ । नेपाल सरकारका एक पूर्वसहसचिवलाई नेपाल प्रहरीले वान्टेड सूचीमा राखेको छ । विभिन्न काण्डमा परेका पूर्वसहसचिव नागेन्द्र झालाई पक्राउ गरेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ ।

उनले जन्म मिति सच्याएर नागरिकता र राहदानी बनाएको खुलेपछि प्रहरीले कीर्ते मुद्दामा छानबिन थालेको हो । उनले जन्ममिति सच्याएर दुई वर्ष थप जागिर खाएका थिए ।

दुई वर्ष उमेर घटाएर नागरिताबाट उनले सन् २०१८ मा पासपोर्ट समेत बनाएका थिए । अख्तियारको छानबिनमा उनले कीर्ते नै गरेको खुलेपछि प्रहरीलाई पत्राचार गरेको हो । कीर्ते नागरिकताका आधारमा जागिर खाएको अवस्थामा भ्रष्टाचार मुद्दा चल्ने तर त्यो नदेखिएकाले उनीमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार भएको हो । तर, प्रहरीले अनुसन्धानमा चासो नदिएर उनलाई जोगाउने काम गरेको छ ।

उनी काशी तिवारी हत्याण्डमा समेत मुछिएका कर्मचारी हुन् । विश्व हिन्दू संघ वीरगञ्जका अध्यक्ष तिवारीकी श्रीमती बबितालाई ८ लाख रुपैयाँ दिएर प्रभु साहविरुद्ध उजुरी नगर्न दबाब दिएका थिए । त्यसमा पनि उनलाई उन्मुक्ति दिइएको थियो ।

नापी विभागको महानिर्देशक हुँदा अनुचित लाभ लिएर कर्मचारीको सरुवा गर्ने मात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकसँग मिलेर कर्मचारीसँग ब्लाकमेलिङ गरी पैसा उठाउने गरेको उनीमाथि आरोप छ ।

प्रतिक्रिया दिनुहोस्