Logo
Logo

सशस्त्रमा कीर्ते काण्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ माघ । सशस्त्र प्रहरी बलको सामान खरिदमा ठूलो अनियमितता भएको छ । गुणस्तरसम्बन्धी पत्र नै फेरबदल गरेर सामान खरिदमा अनियमितता भएको हो ।

गत आर्थिक वर्षमा सशस्त्र प्रहरीले ४३ हजार मिटर सुती कपडा खरिद गरोको थियो । ठेकदारले सामान दिएपछि परीक्षणका लागि नेपाल नापतौल तथा गुणस्तर विभाग पठाएको थियो । विभागले सो कपडा वेफ्ट डायमिटर दुई सय ९९ रहेको भनेर रिपोर्ट पठायो । तर, सशस्त्र प्रहरी मुख्यालय पुग्दा त्यसलाई बढाएर वेफ्ट मिटर तीन सय ६० बनाइयो । अर्थात् कमसल कपडा गुणस्तीय भएको भनेर नक्कली रिपोर्ट बनाइयो र सोही आधारमा ठेकदारलाई भुक्तानी दिइएको खुलेको छ । यसरी पत्र नै कीर्ते गरेर भ्रष्टाचार गरेको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ ।

स्रोतका अनुसार सुती कपडा मात्र होइन, अन्य कपडा तथा जुत्तालगायत सामान खरिदमा पनि यसैगरी अनियमितता हुने गरेको छ । स्पेशिफिकेसनमा तोकेको भन्दा कमसल सामान दिने र कमिसन बाड्ने गरिएको छ । यो आर्थिक वर्षमा पनि सशस्त्रको करिब ३० करोडको खरिदमा यसैगरी अनियमितता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीरतासाथ अनुसन्धान गरेकोमा सशस्त्र प्रहरीमा भुइँचालो जाने स्रोत बताउँछ ।

ठेकदारहरुसँगको मिलेतोमा एउटा सामान गुणस्तरमा पठाउने र अर्काे सामान खरिद हुने गरेको छ । जसकारण पोशाकहरु समेत २ महिनामै च्यातिने गरेका छन् । सशस्त्र प्रहरीको कल्याण कोषमा भइरहेको बेथितिको पनि अनुसन्धान भइरहेको अख्तियारका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्