Logo
Logo

माधव नेपालको सचिवालयद्धारा भूकम्प प्रभावितलाई राहत वितरण


2.2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको सचिवालयले जाजरकोट कुसे गाउँपालिका–९ मा भूकम्प प्रभावितलाई राहत सामग्री विरतण गरेको छ । नेपालको सचिवालयले गत कात्तिक १७ गते गएको भूकम्पमा परि क्षति भएको २८० घर परिवारलाई न्यानो डबल बेड फाइबर सिरक वितरण गरेको हो ।

राहत सामाग्री नेता नेपालका स्वकीय सचिव तथा नेपाल रिटर्नी एशोसिएसनका अध्यक्ष प्रविन पौडेल र रिटर्नी यस्सोसिएसनका सचिवद्वय प्रकाश महरा र बम बहादुर विसिले कुसे गाउँपालिका–९ सँग समन्वय गरी स्थानीय जनप्रतिनिधि, आमा समूह लगायत विभिन्न पार्टीका स्थानीय नेताहरु साथै बुद्धिजीवीहरूको उपस्थितिमा वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्