Logo
Logo

आज पनि घट्यो सुनको भाउ, तोलाको कति पुग्याे ?


1.9k
Shares

काठमाडौं । नेपाली बजारमा आज साताको तेस्रो दिन (मंगलबार) पनि पहेंलो धातु सुनको भाउ ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो । आज छापवाल सुन प्रतितोला एक लाख १६ हजार ३ सय र तेजाबी सुन एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअछि सोमबार तोलामा ५ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो

त्यस्तै आज चाँदीको भाउ भने कुनै घटबड नभएको महाशाखाले जनाएको छ । आज चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्