Logo
Logo

जीवन विकास लघुवित्तद्वारा १४.७३ प्रतिशत लाभांश घोषणा


378
Shares

काठमाडौं । जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल १४.७३६९ प्रतिशत लाभांश घोषणा गरेको हो । लघुवित्तको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २०० रुपैयाँको १४.७३६९ प्रतिशतका दरले लाभांश वितरण गर्न लागेको हो ।

जसमध्ये १४ प्रतिशतका दरले हुन आउने १६ करोड ५४ लाख ८४ हजार ७०० रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशतका दरले हुन आउने ८७ लाख १० हजार ४९८ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्