Logo
Logo
प्रधानमन्त्री कप टी-२० क्रिकेट

कोशीको लगातार दोस्रो जित


441
Shares

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

आज शुक्बार भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । कोशीको जितमा अप्सरी बेगमले ‘अलराउन्ड’ प्रदर्शन रह्यो ।

बाग्मतीले दिएको ८८ रनको लक्ष्य कोशीले १८ ओभर १ बलमा भेटायो । कोशीका लागि काजल श्रेष्ठ र अप्सरी बेगमले समान नट आउट ४१ रन बनाए । बलिङतर्फ बाग्मतीकी संस्कृति फुयाँल र सोनी पाख्रिनले समान १ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायो । बाग्मतीका लागि यशोदा विष्टले सर्वाधिक ४१ रन बताएका थिए । बलिङतर्फ कोशीकी सबनम राई र अप्सरी बेगमले समान २ विकेट लिए ।

यो जितसँगै कोशी २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । कोशीले पहिलो खेलमा कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो । बाग्मती २ खेलमा २ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्