Logo
Logo

क्यानको जीएम नियुक्ति सच्याउन ७२ घण्टे अल्टिमेटम


819
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को जनरल म्यानेजर (जीएम) नियुक्ति त्रुटिपूर्ण रहेको भन्दै आवेदकले उक्त निर्णय सच्याउन आग्रह गरेका छन् ।

क्यानको जीएम आवेदक नवराज कोइरालाले बुधबार पत्रकार सम्मेलन गर्दै जीएम छनोटमा त्रुटि भएको भन्दै त्यसलाई सच्याउन २४ घण्टे अल्टिमेटम दिएका हुन् ।

उनले ७२ घण्टाभित्र उक्त निर्णय नसच्चिए कानुनी उपचारका लागि अदालत जाने चेतावनी समेत दिए । क्यानले पुस २३ गते जीएममा बलियो नेपालका पूर्वकार्यक्रम संयोजक उत्सव ढुंगानालाई नियुक्त गरेको थियो ।

क्यानको जीएम छनोट प्रकृयामा देखिएको यो पहिलो विवाद भने होइन । यसअघि क्यानकै केन्द्रीय कार्यसमिति सदस्य तथा पूर्वकार्यवाहक सचिव दुर्गाराज पाठकले पनि जीएम नियुक्तिमा व्यक्तिगत स्वार्थ देखिएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्