काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेल आज नेपालले अफगानिस्तानसँग खेल्दैछ । नेपाल सुपर सिक्समा पुग्न अफगानिस्तानलाई जित्नैपर्छ ।
यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्नै दबाब परेको हो । नेपालले पहिलो खेलमै न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो ।

सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाब छ । अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।














