Logo
Logo

यू-१९ विश्वकप: नेपालको घातक बलिङ्ग, अफगानिस्तानले गुमायो ८ विकेट


1.3k
Shares

काठमाडौं । आईसीसी यू– १९ विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध घातक बलिङ गरको छ ।

टस हारेर पहिले बलिङ गरिरहेको नेपालले ३० ओभरमा ८ विकेट लिएको छ । अफगानिस्तानले १२२ रन मात्रै जोडेको छ ।

नेपालका मिडियम पेसर आकाश चन्दले ५ विकेट लिएका छन् । जसले गर्दाँ अफगानिस्तान संकटमा परेको छ । आकाशले ५.३ ओभरमा केवल ९ रन खर्चिएका छन् । यस्तै गुलशन झाले पनि १ विकेट लिएका छन् ।

पहिलो ओभरमा गुलशन झाको चौथो बलमा नुमान शाह शुन्यमा आकाश डुम्रेको हातबाट क्याच आउट हुन पुगे । यस्तै दोस्रो ओभरमा आकाश चन्दको बलमा खालिद ताइनवाल विकेटकिपर बिपिन रावलको हातबाट क्याच आउट भए ।

जम्शिद जाद्रान १४ बलमा ३ रन बनाउँदै आकाशकै बलमा बोल्ड भए । सोहेल खान पनि आकाशको बलमा देवको हातबाट क्याच आउट भए । अलि अहमदलाई पनि आकाशले शुन्यमा पेभेलियन फर्काए ।

हसन इशाखिल पनि ३५ बलमा २० रन बनाएर आकाशकै बलमा आउट भए । यो विकेट सँगै आकाशले ५ विकेट पूरा गरेका थिए ।

अफगानिस्तानका माथिल्लोक्रमका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । दुवै टोलीलाई दोस्रो चरणमा स्थान बनाउन यो खेल जित्नैपर्ने दबाब छ ।

आज जित हासिल गर्ने टोलीले सुपर सिक्समा आफ्नो स्थान पक्का गर्ने छ । पराजित हुने टोली भने १३औँ स्थानका लागि भिड्ने छ ।

प्रतिक्रिया दिनुहोस्