Logo
Logo

यू-१९ विश्वकप: अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य


1.6k
Shares

काठमाडौं । आईसीसी यू- १९ विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई अफगानिस्तानले १४६ रनको सामान्य लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर नेपालले पहिला बलिङ गरेको थियो । नेपालको घातक बलिङमा अफगानिस्तानका ब्याटर केही पनि जम्न सकेनन् ।

४० ओभर १ बलमा अलआउट भएको अफगानिस्तान १४५ रनमा सिमित बन्यो । अफगानिस्तानका लागि एएम गजन्फरले सार्वधिक ३७ रन बनाए । उनले ओभर २१ बलमा चार चौका तीन छक्का प्रहार गरेका थिए ।

कप्तान नसीर खान मोरफाखलले ८३ बलमा ३ चौका प्रहर गर्दै ३१ रन जोडे भने फरिदुन दाउदजई २९ र हसन इसाखिल २० रनमा आउट भए । अरु कुनै खेलाडीले दोहोर अंक जोड्न सकेनन् । फगानिस्तानका माथिल्लोक्रमका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् ।

अफगानिस्तानलाई सस्तैमा समेट्न नेपालको लागि आकाश चन्द एक्लैले ५ विकेट लिए । यस्तै गुलशन झाले र तिलक भण्डारीले समान एक-एक विकेट लिए ।

अफगानिस्तानको लागि जम्शिद जाद्रान १४ बलमा ३ रन बनाउँदै आकाशको बलमा बोल्ड भए । सोहेल खान पनि आकाशको बलमा देवको हातबाट क्याच आउट भए । अलि अहमदलाई पनि आकाशले शुन्यमा पेभेलियन फर्काए ।

दुवै टोलीलाई दोस्रो चरणमा स्थान बनाउन यो खेल जित्नैपर्ने दबाब छ । आज जित हासिल गर्ने टोलीले सुपर सिक्समा आफ्नो स्थान पक्का गर्ने छ । पराजित हुने टोली भने १३औँ स्थानका लागि भिड्ने छ ।

प्रतिक्रिया दिनुहोस्